रत्न प्रिय क्लबको अध्यक्षमा पुनः बसन्त रानामगर

November 9, 2024 3:43 pm

रत्ननगर , कार्तिक २४ ।

पूर्वी चितवनको रत्ननगरमा रहेको रत्न प्रिय क्लबको अध्यक्षमा पुनः बसन्त रानामगर चयन भएका छन् । शनिबार सम्पन्न क्लबको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले रानामगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको उपाध्यक्षमा रामु पौडेल, रश्मी गुरुङ्ग , सचिवमा विजय लामा , सह सचिवमा बिवेक अम्गाई कोषाध्यक्षमा प्रवेश कुँवर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सन्त बहादुर प्रजा, सलीन प्रजा, कर्ण सुनार, विपना ओझा र हिरा सुनार रहेका छन् ।

रत्ननगर खानेपानीका अध्यक्ष माधव अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष अनन्त अधिकारी, रत्ननगर नगरपालिका मेलमिलाप समितिका अध्यक्ष भुपेन्द्र अधिकारी, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी , जिल्ला समन्वय समिति सदस्य सविता चौधरी , वडा नम्बर ७ का वडाध्यक्ष सजना महतो , वडा नम्बर ९ का वडा सदस्य कमानसिंह चौधरी , सुस्मा खड्का , मृगकुञ्ज उपभोक्ता समिति अध्यक्ष दुर्गा घिमिरे , रोटरी क्लब रत्ननगर अध्यक्ष विरन्जना घिमिरे लगायतको उपस्थिती रहेको थियो ।