किसोर तिवारीको मौलिक देउसी भैलो गीत सार्वजनिक

October 30, 2024 5:13 pm

१४ कार्तिक, भरतपुर । राष्ट्रियस्तरमा ख्यातिप्राप्त चितवने गायक किसोर तिवारीको नया सांगीतिक कोशेली मौलिक देउसी भैलो गीत सार्वजनिक गरिएको छ । तिवारीको आफ्नै यु-ट्युब च्यानल “ए टु स्टुडियो” बाट सार्वजनिक भएको उक्त गीतमा किसोर तिवारीलाई गायनमा संगम, रन्जु, आर्यमिक र चेतराजले साथ दिएका छन् । गायक तिवारीको पिता ऋषि तिवारीको शव्द रहेको गीतलाई किसोर आफैले संगीत तथा संगीत संयोजन गरेका हुन् ।

गीतको भिडियो छायांकन तथा सम्पादन संगम दराईले गरेका हुन् भने निर्देशन ऋषि तिवारीको रहेको छ । नेपालीहरुको मौलिक सांस्कृतिक पहिचान जोगाउन गीतले एक ईट्टा थप्ने गायक तिवारी बताउछन । गीतलाई हाल सम्म १० हजार बढीले हेरेका छन् । तिवारीको सांघुरिमा गुरास फुल्यो, कान्छी मट्याङ्ग ट्याङ्ग, नयन तालैमा, दशैँ तिहार, लगायत दर्जन बढी सफल गीतहरु रहेका छन् ।