ब्लड डोनर्स सोसाइटीले मौलिक देउसी भैलो कार्यक्रम गर्ने

October 29, 2024 9:40 pm

चितवन, कार्तिक १३ ।

 

ब्लड डोनर्स सोसाइटी नेपालले चितवनमा मौलिक देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ । रक्तदान अभियानलाई अभिप्रेरित गर्ने एवम् मौलिक कला संस्कृति समेतको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।

‘एक घर एक रक्तदाता’ भन्ने मुलनाराका साथ आकस्मिक रक्तदान कार्यक्रमहरु, रक्तदान सम्बन्धि उत्प्रेरणाका कार्यक्रमहरु संचालन कोष तयार गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक रमेश नेपालले जानकारी गराए । उनले मौलीक नेपाली कला संस्कृतिको समेत गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको भन्दै सम्बन्धित सबैमा सहयोगको लागि आग्रह गरे ।

आकस्मिक रक्तदान कार्यक्रम गर्न , उत्प्रेरणाका अभियान चलाउन ,रगतको समेत शुल्क तिर्न नसक्ने निमुखा बर्गलाई समेत सहयोग पुर्याउन संस्थासंग आवश्यक बजेट नहुदा कतिपय कार्यक्रम गर्न नसकिएकोले देउसी भैलो कार्यक्रम मार्फत स्रोत जुटाउन लागिएको संस्थाका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए ।

संस्थाले विगत चार बर्षदेखि चितवन लगाएत देशका विभिन्न स्थानहरुमा रगत ब्यवस्थापनमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।