रत्ननगर , असोज ८ ।
रत्ननगर नगरपालिकाले जितिया पर्वको अवसरमा भोली असोज ९ गते बुधबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले मंगलबार सुचना जारी गर्दै जितियाको अवसरमा बिदा दिने निर्णय गरेको हो । नगर भित्रका सम्पुर्ण विद्यालयहरुमा र नेपाल सरकारको निर्णयानुसार जितिया पर्व मनाउने थारु समुदायका कर्मचारीहरुको लागि बिदा दिने निर्णय भएको सुचनामा उल्लेख छ ।
