‘चितवन डायरिज’ च्याप्टर वान को ट्रेलर भोली सार्वजनिक हुँदै

August 8, 2024 10:23 pm

रत्ननगर, साउन २४ ।

लागू औषध दुर्व्यसनीको विषयलाई समेटेर तयार भएको चलचित्र चितवन डायरिजको ट्रेलर भोली साउन २५ गते सार्वजनिक हुँदैछ । ट्रेलर ‘गोजबम फिल्मस’ युट्युब च्यानलमा सार्वजनिक हुनेछ । आउँदो भदौ ३ गते रिलिज रिलिज मिति तय गरेको चलचित्रमा झन्डै चार लाखको लगानी रहेको निर्देशक,निर्माता एवं लेखक कपिल जङ आले मगरले बताए । चलचित्रको कलाकारमा आले संगै अजय श्रेष्ठ, लक्की चौधरी, राजिप लगायतका अभिनय रहेको छ । लागू पदार्थ दुर्व्यसनीले समाज आक्रान्त बनेको भन्दै निर्देशक मगरले समाजका लागि सचेतना स्वरुप चितवन डाइरीज निर्माण गरिएको जानकारी दिए ।