खैरहनीबाट लागुऔषध सहित २ जना पक्राउ

August 2, 2024 9:24 am

 

रत्ननगर, साउन १८ ।

इलाका प्रहरी कार्यालय खैरहनीले लागु औषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले रत्ननगर नगरपालिका वडा नम्बर ४ बस्ने २६ बर्षिय सौरभ श्रेष्ठ र खैरहनी नगरपालिका वडा नम्बर ८ बस्ने १९ बर्षिय उमेश प्रसाद दासलाई लागु औषधसहित गएराती पक्राउ गरेको हो । चैनपुरचोक स्थित सडकखण्डमा ना १५ प ९३३६ नम्बरको मोटरसाईकल सवार उनिहरुलाई रोकि चेक जाँच गर्दा ट्रामाडोल हाइड्रोक्लोराइड ३९९ क्याप्सुल र निट्राभ्याट २६६ ट्याब्लेट फेला पारेको हो । उनिहरुलाई चितवन जिल्ला अदालत बाट ५ दिन म्याद थप गरी अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।