कारागारका महिलालाई रोटरी क्लब रत्ननगरद्वारा स्वास्थ्य सचेतना र सिपमूलक तालिम

July 30, 2024 8:06 pm

रत्ननगर, साउन १५ ।

भरतपुरमा रहेको कारागारका महिलालाई मानसिक स्वास्थ्य सम्बन्धी सात दिने सचेतना र सिपमूलक तालिमको मंगलबार उद्घाटन गरिएको छ । रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको तालिमको रोटरी असिस्टेन्ट गर्भनर हरि प्रसाद सुवेदी उद्घाटन गरेका हुन् ।

महिला कैदीबन्दीलाई कारागार रहदा र कारागार भुक्तानी पश्चात आत्मनिर्भर बनाउनका लागि मानसिक स्वास्थ्य सम्बन्धी सचेतना तथा चुरा, पोते र क्रिष्टलका गहना बनाउने सिपमूलक तालिमको आयोजना गरिएको क्लबका अध्यक्ष विरन्जना घिमिरे सापकोटाले जानकारी दिइन् । बरिष्ठ ट्रेनर गोमा अम्गाई र मनोसामाजिक कर्ता तथा मानसिक स्वास्थ्य ट्रेनर नैना गुरुङले प्रशिक्षण रहेको सापकोटाले बताइन् ।

कार्यक्रमको उद्घाटन गर्दै गर्भनर सुबेदीले तालिममा सिकेका कुरालाई जीवन निर्बाहको माध्यम बनाउनुपर्ने बताए । सुबेदीले कारागारमा रहेका महिलालाई कारागार भुक्तानी पछि पनि उद्यमशील बनाउन कार्यक्रम गरिएको बताउँदै यस्ता तालिमले कारागारका महिलालाई उद्यमी तथा आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे । कारागार प्रमुख कमल प्रसाद आचार्यले तालिमले कारागार रहदा र भुक्तानी पछि महिलाको आय आर्जनमा सघाउ पुर्‍याउने भन्दै आफुले आर्जन गरेको सीपलाई कारागार भित्रको सम्पतिको रुपमा लिन आग्रह गरे ।

रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष विरन्जना घिमिरे सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा असिस्टेन्ट गर्भनर विष्णु शर्मा भुषाल,स्पाउस प्रेसिडेन्ट राधिका तिमल्सिना खनाल,रोट्रयाक्ट प्रेसिडेन्ट नविन केसी,रोटरी क्लवका पूर्व अध्यक्षहरु शिव उप्रेती, रामहरी लम्साल, बुद्धराम जोशी, रोटरीयन, रोट्याक्टकहरुको सहभागिता रहेको थियो ।