रत्ननगरको कयर खोला किनारमा वृक्षारोपण

July 27, 2024 5:20 pm

रत्ननगर, साउन १२ । कयर खोलाको दुबै किनारमा वृक्षारोपण गरिएको छ । रत्ननगर नगरपालिका वडा नं. ३ को आयोजनामा कयर खोलाको दुबै किनारमा वृक्षारोपण गरिएको हो । वडा नं. ३ का वडा अध्यक्ष सोहेन्द्रराज खरेलले बिरुवा रोपेर शुभारम्भ गरे ।

खोला संरक्षण, हरियालि कायम राख्न, राजमार्गबाटै फुलका मनमोहक सुन्दर दृश्य अबलोकन गर्न, सेल्फि गार्डेन निर्माण, वृक्षारोपणले वातावरण संरक्षणमा टेवा पुग्ने उद्धेश्यले बिभिन्न प्रजातिका फूलका बिरुवाहरु रोपिएको वडा अध्यक्ष खरेलले जानकारी दिए ।

टिकोमा, ठूलो कामिनि, गोल्डमोहर लगाएत बहुवर्षीय फूल प्रजातिका ३ सय ८५ वटा बिरुवा रोपिएको कार्यक्रमका सहजकर्ता तथा रत्न प्रिय क्लवका अध्यक्ष बसन्त रानामगरले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा वडा सदस्यहरु, सफा उर्जा प्रा.लि का निर्देशक निर्माण पौडेल, महिला समुह, टोल विकास संस्थाका प्रतिनिधि, क्लव तथा विभिन्न संघ संस्थाका प्रतिनिधि , स्थानीय गरी १ सय ३० जनाको सहभागिता रहेको थियो ।