लक्ष्मी लघुवित्त रत्ननगरद्वारा बीमा क्षतिपूर्ति रकम हस्तान्तरण

July 23, 2024 10:44 am

रत्ननगर, साउन ८ ।

लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड रत्ननगरले विमा क्षतिपूर्ती वापतको रकम हस्तान्तरण गरेको छ । संस्थाको रत्ननगर १४ पिठुवामा रहेको शाखाले थलकुमारी पौडेललाई विमा क्षतिपूर्ती वापतको रकम ५ लाख रुपैयाँको चेक मंगलबार हस्तान्तरण गरेको हो । पौडेलले संस्थाबाट कर्जा लिंदा संस्थामार्फत श्रीमानको ५ लाखको विमा गरेकी थिइन ।

विमाको प्रिमियम रकम ३ हजार ८ सय ५५ रुपैयाँ भुक्तानी गरेकी पौडेलले श्रीमान् जगन प्रसाद पौडेलको मृत्यु भएपछी संस्थाले श्रीमती थलकुमारी पौडेललाई विमा क्षतिपूर्ती वापतको रकम हस्तान्तरण गरेको लघुवित्त पिठुवा शाखाका प्रमुख केशब न्यौपानेल जानकारी दिए । पौडेलले ३ बर्षका लागि ५ लाख कर्जा लिंदा संस्था मार्फत श्रीमानको विमा गरिएको न्यौपानेले जानकारी दिए ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै रत्ननगर वडा नम्बर १४ का वडाअध्यक्ष होमनाथ रानाभाटले समाजमा लघुवित्त बारे नकारात्मक टिका टिप्पणी भैरहँदा सामाजीक उत्तरदायित्व बहन गर्दै लक्ष्मी लघुबित्त संस्थाले गरेको कार्यको प्रशंसा गर्दै यस्ता कार्यले लघुवित्त संस्थाको भरोसा बढाउने विश्वास व्यक्त गरे ।

विमा क्षतिपूर्ती वापतको रकम हस्तान्तरण संगै वित्तिय साक्षरता समेत गरिएको कार्यक्रममा लघुवित्त समुह केन्द्र प्रमुख लक्ष्मी भन्तनाले आफ्नो अनुभव सुनाएकी थिइन् । कार्यक्रममा संस्थाका कर्मचारी, स्थानिय जनप्रतिनीधी, स्थानिय संघ संस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।