राप्ती | रोटरी क्लब अफ पूर्वी चितवनले हरियाली र सौन्दर्यका लागि शनिबार विभिन्न जातका फलफूलका बिरुवाहरु रोपेको छ । क्लबको नियमित कार्यक्रम अन्तरर्गत बुद्धशान्ति बिधालय राप्ति-२ गड्यौलीको परिसरमा क्लवले वृक्षारोपण गरेको हो ।
फलफुलका विरुवाहरु वितरण गर्दै क्लबका अध्यक्ष अनुप अधिकारीले बढ्दो जलबायू परिवर्तन न्यूनिकरण गर्न विरुवाको अत्यन्तै महत्व भएकोले विरुवालाई राम्रो संग हुर्काउन सवैलाई आग्रह गर्नु भयो ।
स्वच्छ वातावरण निमार्णमा सघाउ पु¥याउने उद्देश्यले वृक्षारोपण कार्यक्रम गरिएको क्लबका सह-सचिव तथा कार्यक्रम संयोजक राजन थ पलिय ले जानकारी दिनुभयो ।कार्यक्रममा राप्ती २ का वडा अध्यक्ष श्याम सुन्दर उप्रेति, क्लबका संस्थापक अध्यक्ष राममणी न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।