एञ्जल्स स्काउटले मनायो ७३ औँ स्थापना दिवस

June 19, 2024 9:48 pm

५ असार, रत्ननगर ।

नेपाल स्काउट स्थापनाको ७३ बर्ष प्रवेसको अवसरमा आज एञ्जल्स वर्ल्ड स्कुलमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । विद्यालयका प्राचार्य तथा एञ्जल्स वर्ल्ड स्काउट ट्रुप कमिटि अध्यक्ष गणेश शर्माले सहजीकरण गर्नुभएको कार्यक्रममा एञ्जल्स स्काउट ट्रुप लिडर इशान्त पौडेलले स्काउटको १० नियम र ३ प्रतिज्ञाको बारेमा बताएका थिए ।

 

एञ्जल्स स्काउट ट्रुपका पुर्व लिडर राहुल मुखियाले संचालन गरेको कार्यक्रममा  एञ्जल्स वर्ल्ड स्काउट ट्रुप कमिटि अध्यक्ष गणेश शर्माले स्काउटको महत्व र आवस्यकताको बारेमा प्रकास पारेका थिए । बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी,अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन वि.सं. २००९ मा नेपाल स्काउटको स्थापना भएको हो ।