
रत्ननगर, जेठ ३२ ।
रत्ननगर नगरपालिकाले आईसीसी टि–२० विश्वकप अन्तर्गत शनिबार बिहान हुने नेपाल र दक्षिण अफ्रिका बिचको खेल ठूलो पर्दामा देखाउने भएको छ । रत्ननगर २ टाँडीमा रहेको नेपाल माध्यमिक विद्यालयको खेल मैदानमा बिहान हुने खेल देखाउन लागिएको मेयर प्रलाद सापकोटाले जानकारी दिए । खेल नेपाली समय अनुसार बिहान ५ : १५ मा हुनेछ । टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करण संयुक्त राज्य अमेरिका र वेष्टइण्डिजमा आयोजना गरिएको हो । नेपालका लागि भोलिको म्याच एकदमै महत्वपूर्ण छ । सुपर ८ मा प्रवेशको लागि नेपालले भोली हुने खेल र बंगलादेश संग हुने अन्तीम खेल जित्नै पर्ने दबाब छ ।