बंगुर पालक कृषक समुहलाई दाना उत्पादन गर्ने मेसिन हस्तान्तरण

June 14, 2024 9:12 am

रत्ननगर । रत्ननगर नगरपालिकाले बङ्गुर पालक कृषक समूह आशा कृषक समूहलाई १० लाख आर्थिक सहयोगमा बङ्गुरको दाना बनाउने मेशिन हस्तान्तरण गरेको छ । समुहका अध्यक्ष कमला श्रेष्ठको अध्यक्षता आयोजित प्रविधि हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रलाद सापकोटाले हुने खाने भन्दा पनि गरिखाने किसान लाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

निष्पक्ष, पारदर्शी र लक्षित बर्गमा अनुदान उपलब्ध गराउन नगरपालिका लागि परेको नगर प्रमुख सापकोटाको भनाई थियो । कार्यक्रममा आर्थिक विकास समिति संयोजक एवम् वडा नं ३ का वडाअध्यक्ष सोहेन्द्रराज खरेल र वडा नं १६ का वडाअध्यक्ष एव समितिका सदस्य हेमराज थापाले कार्यक्रममा मन्तव्य राख्नुभएको हो ।

१६ नं वडाका वडाअध्यक्ष हेमराज थापाले वडामा घटेको अप्रिय घटना सम्झदै प्रबिधिसंगै दुर्घटना पनि साथै आउने हुँदा सावधानी पूर्वक समुचित ढंगले मेशिनको प्रयोग गर्न सुझाउदै नगर सधैं किसानमुखी रहेको थापाले विचार व्यक्त गर्नुभयाे ।
आर्थिक विकास समिति संयोजक खरेलले दिगो अनुदानको पक्षमा नगरको सोच रहेको र ब्यबसायी उन्मुख अनुदान उपलब्ध गराउन नगर लागिपर्ने भएकाले अनुदानको सदुपयोग गरी उपयोगी कार्यमा लाग्न र नगरले प्रोत्साहन गर्ने बताउनुभयाे।

समुहका अध्यक्ष श्रेष्ठले लक्षित बर्गलाइ अनुदान उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै ३० भन्दा बढी बंगुर पालक किसान रहेको समुहलाई प्रत्यक्ष लाभान्वित भएकोमा नगरपालिकालाई धन्यवाद दिनु भएको छ । बजारमा रु ७०/७५ प्रति केजी पर्ने दाना अब मेसिनले रु ५० प्रति केजीमा उत्पादन गर्ने सक्ने श्रेष्ठको भनाइ थियो । पालिकाले समुहले उत्पादन गरेका बंगुरका पाठा-पाठी बिक्री वितरण गर्न सहजीकरण गर्न सके वा बजारीकरणमा सहज हुने श्रेष्ठले बताउनुभयो ।