रत्ननगर । अत्यधिक गर्मीका कारण रत्ननगर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक, संस्थागत तथा मनटेश्वरी विद्यालयमा थप दुई दिन बिदा थप गरेको छ । रत्ननगर नगरपालिका शिक्षा शाखाका नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले सूचना जारी गर्दै जेठ ३० गतेको नगरपालिकाको निर्णयअनुसार जेठ ३१ र ३२ गतेसम्म थप बिदा दिने निर्णय गरिएको जानकारी दिए ।
पछिल्लो समय बढ्दो गर्मीका कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा प्रत्यक्ष असर पर्न गएकाले बर्खे बिदाबाट कट्टा हुनेगरी दुई दिन र थप दुइृ दिन गरी चार दिन बिदा दिइएको नगर शिक्षा अधिकारी वाग्लेले जानकारी दिए ।
उनले बिदाको समयमा बालबालिकालाई घरभित्रै बस्न, प्रसस्त फलफूलको रस, पानी पिउनर अध्ययनको लागि सल्लाह सुझाव प्रदान गर्न आग्रह गरिएको छ । यस्तै, दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी–पोखरीहरूमा पौडी खेल्नेजस्ता कार्यमा संलग्न हुन नदिन र आवश्यक सतर्कता अपनाउन पनि नगर शिक्षा अधिकारी वाग्लेले आग्रह गरेका छन् ।