झुवानी सामुदायिक पुस्तकालयलमा २ दिने कार्यशाला गोष्ठिको समापन

June 8, 2024 6:10 pm

२६ जेठ, रत्ननगर । पूर्वि चितवनको झुवानी सामुदायिक पुस्तकालयलमा भएको २ दिने रणनैतिक कार्ययोजना तर्जुमा कार्यशाला गोष्ठि कार्यक्रम आज एक समारोहका विच समापन भएको छ । “सवल पुस्तकालय, समृद्य समाज” भन्ने मुख्य उद्धेश्य सहित ३ बर्षे कार्ययोजना तर्जुमा निमार्ण गरेको हो । झुवानी सामुदायिक पुस्तकालयमा आयोजना भएको सो कार्यशाला गोष्ठिमा सेटलाईट सेन्टरको रुपमा विकास भएको टरौली सामुदायिक पुस्तकालय, दिव्यज्योती सामुदायिक पुस्तकालय र सौराहा सामुदायिक पुस्तकालयको व्यवस्थापन समिति समेतको उपस्थिती रहेको थियो ।

समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा रत्ननगर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष वालकृष्ण चापागाईले लक्ष्य विहिन गरेको कुनै पनि कामको खास अर्थ नहुने बताउनु भएको थियो साथै रत्ननगर नगरपालिका वडा नं. ५ ले झुवानी सामुदायिक पुस्तकालयसंग समुदायमा आधारिक हरेक काममा हमेशा तयार रहेको समेत बताउनु भएको थियो । त्यसैगरि रिड नेपालका सहायक निर्देशक तथा विशेष अथिती चितकाजी श्रेष्ठले हरेक संघसंस्थाले आफ्नो रणनितिक कार्ययोजना अहिलेको अवस्थामा निमार्ण गर्नै पर्ने निमार्ण गरेर त्यसलाई लागूगर्न नसके संस्थाले विकास गर्न नसक्ने बताउनु भएको थियो ।

झुवानी सामुदायिक पुस्तकालयको आयोजना र रत्ननगर नगरपालिका वडा नं. ५ को सहयोगमा संचालन भएको कार्यशाला गोष्ठिमा रिड नेपाल काठमाण्डौको प्राविधिक सहयोग रहेको थियो । रिड नेपालका सहायक निर्देशक चिनकाजी श्रेष्ठ, सिनियर फिल्ड कोर्डिनेटर एल.वि. भण्डारीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रम झुवानी सामुदायिक पुस्तकालयको अध्यक्ष अनिल अर्यालको अध्यक्षतामा सम्मपन्न भएको थियो ।