रत्ननगर, जेठ २४ ।
शान्तिनगरी टोल विकास संस्था रत्ननगर ४ को आयोजनामा सञ्चालित उद्घोषण तालिम बिहीबार समापन गरिएको छ । ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा जेठ २२ गतेदेखी आयोजना गरिएको ३ दिने तालीम बिहीबार सकिएको हो ।
वडाका ३५ जना महिलाको सहभागिता रहेको तालिमको समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष रामकुमार चौधरीले महिलाहरुको नेतृत्व क्षमता वृद्धिका लागि तालिमले सहयोग पुग्ने बताए । उनले महिला लक्षित यस्ता तालिमले महिला शशक्तीकरणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
शान्तिनगरी टोल विकास संस्थाकी अध्यक्ष पवित्रा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अनिता अर्यालले प्रशिक्षण दिएकी थिइन् । तालिममा सहभागीहरु गोमा लामिछाने, लिला श्रेष्ठ लगायतले अनुभव सुनाएका थिए । वडा सदस्य आस्मा खातुन,मिना विक लगायतको उपस्थिती रहेको कार्यक्रम शान्ती आलेमगरले संचालन गरेकी थिइन् ।