‘हाम्रो दृष्टी राम्रो दृष्टी’को रक्तदान : ७३ यूनिट रगत संकलन

June 5, 2024 8:57 pm

चितवन, जेठ २३ ।

सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको सामाजिक संस्था ‘हाम्रो दृष्टी राम्रो दृष्टि’द्वारा आयोजित रक्तदान कार्यक्रममा ७३ यूनिट रगत संकलन गरिएको छ। संस्थाले चितवनको भरतपुर बुधबार गरेको रक्तदान कार्यक्रममा ३४ महिला सहित ७३ जनाले रक्तदान गरेको केन्द्रिय सदस्य बिकेक लामीछानेले जानकारी दिए ।

भरतपुर बडा नम्बर ४ का वडा सदस्य बिजय सापकोटा प्रमुख अतिथी रहेको कार्यक्रममा नेपाल बजार विक्री प्रतिनिधी संघका महासचिव रमेश नेपाल,यूवा समाजसेवी तथा सफल व्यवसायी गणेश लामिछाने लगाएको उपस्थिती रहेको थियो । बुधबार बातावरण दिवस रहेकोले रक्तदान गर्ने सम्पूर्णलाई बिरुवा समेत बितरण गरिएको थियो ।

विक्रम संवत २०७४ सालमा स्थापना भएर निरन्तर सामाजिक सेवामा सक्रिय संस्थाले विपन्न बालबालीकालाई शैक्षीक सामाग्री,विपन्न समुदायलाई खाद्यान्य तथा आवश्यक सामाग्री, प्राकृतिक विपतमा परेको व्यक्तीलाई सहयोग गर्दै आइरहेको छ । संस्थाले बातावरण संरक्षणमा समेत काम गर्दै आइरहेको संस्थाका अध्यक्ष मुक्तिनाथ सुबेदीले जानकारी दिए ।