जेठ २३, हरिपुर । हरिपुरमा आर्थिक सामाजिक, राजनितीक रुपमा पिछडिएका मुसहर समुदायका अगुवाहरुलाई दुई दिने बित्तिय साक्षरता तालिम संचालन गरिएको छ । ज्ञान,शिप र क्षमताको अभावका कारण न्यून आयस्रोत भएका, आज कमाएर आजै खाने भविष्यको लागि बचत गर्न असक्षम मुसहर समुदायलाई वित्तीय साक्षरता सम्बन्धि सचेतना कार्यक्रम अन्तरगत वित्तीय साक्षरता के हो ? यसको फाईदा, महत्व,बचत तथा ऋण,आम्दानी, खर्चको विश्लेषण,पारिवारिक बजेट, बैंक तथा वित्तिय कारोबार, वित्तीय अनुशासन, अनलाईन बैकीङ, बिमा, रेमिटेन्स आदिको बारेमा सचेतना गराईएको साप नेपालका प्रादेसिक निर्देशक जनक कार्कीले बताउनु भयो ।
नेपाल मुसहर संघ सर्लाही जिल्ला अध्यक्ष रितुराज ऋषीका अनुसार देशभर ३ लाखको हाराहारीमा मुसहर समुदायको जनसंख्या रहेकोमा सर्लाहीमा मात्र करीव २० हजार मुसहर रहेककोमा प्राय सबै अशिक्षित रहेका छन् । मधेसका अन्य जिल्लामा समेत कार्यक्रम संचालन गर्न आवस्यक रहेको उनको भनाई छ । मुसहर समुदायका अधिकांशले गाउँकै साहु महाजनहरु संग ४ देखि ५ रुपैया व्याजदरमा ऋण लिने गरेको र साहु संग लिएको ऋणको साँवा र व्याज तिर्दैमा कमाएको पैसा सकिने भएकोले सधै गरिविको दुष्चक्रमा परेको साथै कतिपय मुसहरहरु न्युन मुल्यमा महाजनहरुको घरमा हरूवा चरुवा तथा बधुवा मजदुरको रुपमा काम गर्न वाध्य रहेको ऋषिले बताउनु भयो ।
कार्यक्रममा जनहित साकाेसकाे व्यवस्थापक तथा कलेजका शिक्षक टंकप्रसाद तिमल्सिना र साप नेपालका कोषाध्यक्ष केदार प्रसाद गौतमले तालिम संचालन गरेका थिए । कार्यक्रममा नविल बैक लालबन्दीका शाखा प्रमुख श्याम दाहाल र हरिवन शाखाका प्रमुख उत्सव बिडारीले बैक तथा बित्तीय संस्थाको महत्व फाईदा, बैक खाता संचालन सम्बन्धमा जानकारी दिनु भएको थियो । मुसहर महिला सशक्तीकरण संजाल हरिपुरकी अध्यक्ष लक्ष्मी पासवानले मुसहर समुदायमा बित्तीय साक्षरताको अज्ञानताको कारण बेला बेलामा ठगिदै आयोकोले तालिम बाट फाईदा पुगेको बताउनु भयो ।
सहभागीहरूले तालिम पछि बैकमा खाता खोलेर बैक मार्फत आर्थिक कारोबार गर्ने, पारिवारीक बजेट बनाउने बिमागर्ने, बित्तीय अनुशासन पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा नविल बैक शाखाका प्रमुखहरु पत्रकार, मुसहर संघका अध्यक्ष सहित ३५ जनाको सहभागीता रहेको थियो ।
व्यवसायीक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत नविल बैकको सौजन्य तथा साप नेपालको आयोजनामा दुई दिने तालिमको आयोजना गिरएको साप नेपालका प्रादेशिक निर्देशक जनक कार्कीले बताउनु भयो !
मधेशमा वसोवास गर्ने दलित समुदाय अन्तरगत मुसहर समुदाय शिक्षा र चेतनाको अभावका कारण आर्थिक, सामाजिक र राजनीतिक रुपमा पिछडिएका छन् ।