दुई पटक रत्ननगरकाे मेयर बनेका कृष्ण लामाकाे निधन

June 2, 2024 8:32 am

रत्ननगर । तत्कालिक शाही शासनकालमा दुई पटक रत्ननगर नगरपालिकाे मेयर बनेका कृष्ण लामाकाे निधन भएकाे छ । शनिबार उनकाे हृदयघातका कारण निधन भएकाे हाे । राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय अध्यक्ष रहेका लामा पूर्व राजा ज्ञानेन्द्र शाहले घाेषणा गरी २०६२ माघ २६ गते भएकाे स्थानीय निकायकाे निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए । त्याे भन्दा अघि २०६१ सालमा पूर्वराजा शाहले उनलाई साेही नगरपालिकाकाे मेयरमा मनाेनित गरेका थिए । तत्कालिन राजा ज्ञानेन्द्र शाहले गरेकाे स्थानीय निकायकाे निर्वाचनमा मुलुकका ठुला दल भने सहभागी भएका थिएनन् । मुलुककाे राजनीतिक अबस्था जरजर रहेकाे अबस्थामा राप्रपाबाट चुनावमा हाेमिएका लामा निडर नेताकाे रुपमा परिचित थिए । एक दशक अघि राप्रपाबाट अलग भएका लामा अहिले राष्ट्रिय शक्ति नेेपालका केन्द्रीय सदस्य हुन ।