२ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको हो ।
जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।
उच्च अदालतले सन्दिपलाई सफाई दिए संगै आगामी विश्वकप क्रिकेटमा उनले सहभागिता जनाउने सम्भावना बढेको छ । सन्दिपले सफाई पाए संगै समर्थकहरुले विशाल र्याली समेत निकालेको खबर प्राप्त भएको छ ।