२ जेठ, रत्ननगर ।
नगर गौरवको योजना अन्तर्गत रत्ननगर नगरपालिकाको वडा नम्बर १० मा निर्माण भईरहेको हरियाली पार्कको ४८ प्रतिशत काम सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धनमा कोशेढुंगा हुने विश्वासका साथ निर्माण सुरु गरिएको हरियाली पार्कको आज मेयर प्रलाद सापकोटा तथा उप-मेयर यादव पाठक त्यस्तै नगर स्तरिय पर्यटन विकास समितिका संयोजक भेषराज दुवाडीले अनुगमन गरेका छन् ।
५ वटा आकर्षक भिल्लाको वीचमा तलाउ, पांच वटा भिल्लाहरुलाई एक आपसमा जोड्ने आकर्षक आकाशे पुल, वरपरको वातावरणमा मनमोहक बंगैचा, विविध खेलहरु खेल्न मिल्ने स्थानहरु, खगेरिको तालमा मिनिक्रुजशिप, नजिकै कृष्णसार संरक्षण क्षेत्र लगायत पाटोहरुले हरियाली पार्क पर्यटकको लागी आकर्षणको केन्द्र हुने नगर उप-प्रमुख यादव पाठकले बताए । हरियाली पार्कको निर्माणको योजनाले दिर्घकाल सम्म पर्यटन व्यवशायलाई चलायमान बनाउने नगर स्तरिय पर्यटन विकास समितिका संयोजक भेषराज दुवाडीको प्रतिक्रिया थियो ।
करिब १६ करोडको लागतमा तयार हुने हरियाली पार्क निर्माण सम्पन्न भए संगै व्यस्त जीवन शैलीले मानबमा उत्पन्न हुने धपेडी र तनाब सबै बिर्साउदै असीमित आनन्द का साथ अमृतमय क्षणहरु सिर्जना गराउन हरियाली पार्क सफल हुने , निलो ताल सहितको बिराट जल र जादुमय दृश्यले रत्ननगरको शोभा बढाउदै पर्यापर्यटनमा यो कोशेढुंगा हुने रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाको भनाई थियो । पर्याय पर्यटनको मुख्य आधार बन्दै पर्यटकलाई एक फरक अनुभुती प्रदान गराउन विश्वका धेरै देशमा समुन्द्री किनारलाई पर्यटनको केन्द्र बनाएको धेरै उदाहरण छन् । पन्चनदीको संगम खगेरिको किनारमा रत्ननगर नगरपालिकाले निर्माण गर्दै गरेको यो हरियाली पार्क समग्र रत्ननगरकै पर्यटन प्रवद्धनमा मुख्य कसी बन्ने समेत मेयर सापकोटाले बताए ।