बजार बिक्री प्रतिनिधी संघको भित्तेपात्रो विमोचन

April 13, 2024 10:47 am

रत्ननगर, बैशाख १ ।

नेपाल बजार बिक्री प्रतिनिधी संघले नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । संघको बार्षिक कार्ययोजना अनुरुप शुक्रबार भित्तेपात्रो विमोचन गरिएको संघका महासचिब रमेश नेपालले जानकारी दिए । संघले गरेको गतिबिधी र कार्यसमितिको तस्बिर समेटेर संघले भित्तेपात्रो प्रकाशन गरेको नेपालले बताए ।

बिमोचन कार्यक्रममा केन्द्रिय सदस्य रुपेश लामिछाने, सल्लाहकार समिति सदस्य किरण अधिकारी, विमल घिमिरे, अनुसासन तथा सुपरिवेक्षण सदस्य पुष्पराज अधिकारी, शुभ थपलिया, नारायणी क्षेत्रीय समितिका अध्यक्ष छन्दराज( गणेश) अर्याल, उपाध्यक्ष सुदिप अर्याल, साचेव होमनाथ बास्तोला, सह सचिव रामु पौडेल, पूर्व अध्यक्ष सुर्य दाहाल लगायतको उपस्थिती रहेको थियो ।

केन्द्रिय महासचिव रमेश नेपालको अध्यक्षता सम्पन्न भएको कार्यक्रम अर्थ सचिव राजन अधिकारीले संचालन गरेका थिए ।