साैराहा फुड फेस्टिबलकाे नाफा ५ लाख ७२ हजार

March 31, 2024 8:34 am

रत्ननगर । चितवनकाे साैराहामा गत माघ २८ गतेदेखि माघ ३ गते सम्म आयाेजना गरिएकाे साैराहा फुड फेस्टिबलकाे शनिवार आयव्याय सार्वजनिक गरिएकाे छ । रेष्टुरेन्ट एण्ड बार एशाेसियसन(रेवान) साैराहाले एक औंपचारिक कार्यक्रमकाे आयाेजना गरि फेस्टिबलकाे आयव्याय सार्वजनिक गरेकाे हाे । प्रणय दिवसकाे अबसरमा रेवान साैराहाले पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले फेस्टिबल आयाेजना गरिएकाे महासचिव नवीन नेपालले जानकारी दिए ।

फेस्टिवलमा ८५ लाख ९५ हजार ९०९ आम्दानी भएकाेमा ८० लाख २३ हजार ५२८ खर्च कटाएर ५ लाख ७२ हजार ३८१ मुनाफा भएकाे आर्थिक व्यवस्थापन समितिका संयाेजक रामकुमार गुराैले जानकारी दिए । कार्यक्रममा रेवान साैराहाका अध्यक्ष ध्रुव गिरीले फेस्टिबलमा टिकट विक्रीबाट भएकाे आम्दानी साैराहाकाे साैन्दर्यकरणमा खर्च गर्ने बताए ।फेस्टिबलले साैराहाकाे पर्यटनमा दीर्घकालिन प्रभाव परेकाे भन्दै उनले साैराहाकाे विकासकाे लागि सरकार र व्यवसायीकाे सहकार्य आवश्यक रहेकाे बताए ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा प्रमुख अतिथि रहेकाे रहेकाे साे कार्यक्रममा रत्ननगर नगरपालिकाका संस्थापक मेयर नारायण वन, वडा नं ६ का वडाध्यक्ष किरण महताे, वडा नं ७ का वडाध्यक्ष सजना महताे, रेवानका संस्थापक अध्यक्ष अध्यक्ष बलराम दाहाल, पूर्वअध्यक्षहरु राजन भट्ट, पुरु श्रेष्ठ, क्षेत्रीय हाेटल संघ साैराहाका अध्यक्ष गंगा गिरी, सचिव महेश खनाल, बाघमारा वनका अध्यक्ष जीतु तामाङ, रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी लगायतकाे उपस्थिति रहेकाे थियाे । रेवानका अध्यक्ष गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा फेस्टिबलका संयाेजक सुर्यबहादुर रिमालले स्वागत मन्तब्य राखेका थिए ।