सौराहाको गैंडा स्थानान्तरणप्रति मेयर सापकाेटाकाे आपत्ति

March 22, 2024 7:32 pm

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जबाट काेशीमा गैंडा स्थानान्तरण गरिएकाेप्रति रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटाले आपत्ती जनाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले साैराहाकाे बस्तीमा हुर्किएकाे भाले गैंडा काेशीमा स्थानान्तरण गर्ने निर्णय गरेकाे थियाे । उक्त गैंडा आजै काेशी लगिएको छ । मेयर सापकाेटाले साैराहाकाे पर्यटनलाई असर गर्ने गरि गैंडा अन्त लागिएको भन्दै आपत्ती जनाएका हुन । साैराहाले हुर्काएकाे गैंडा थपक्क उठाएर अन्त लैजाने अधिकार कसैलाई छैन् उनले भने याे कार्यप्रति मेराे पूर्ण असहती छ । गैंडा स्थानान्तरण गर्दा स्थानीय सरकारसंग समन्वय नगरिएकाे भन्दै उनले आर्थिक मन्दीमा कारण पर्यटन व्यवसाय सुस्ताएकाे बेला गैंडा स्थानान्तरण गरिनु गलत भएकाे उनकाे भनाई छ । साैराहामा गाउँमै गैंडा हेर्न पाईन्छ, पर्यटकले गैंडालाई स्पर्श गर्ने साैभाग्य प्राप्त गरेका छन् मेयर सापकाेटाले भने पर्यटक रमाउने गैंडालाई अन्त लैजानु दुर्भाग्य हाे । मेयर सापकाेटाले स्थानान्तरणको निर्णय खारेज गरि पुन: गैंडा फिर्ता ल्याउन प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनलाई आग्रह समेत गरेका छन् ।