नेपाल मावि रत्ननगरका प्रधानाध्यापक सुबेदी पदमुक्त

March 22, 2024 3:59 pm

रत्ननगर, चैत ९ ।

पूर्वी चितवनको रत्ननगरमा रहेको नेपाल नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिराज सुबेदी पदमुक्त भएका छ । विद्यालय व्यवस्थापन समितिले सुबेदीको प्रधानाध्यापको पदको करार सम्झौता भंग गरेपछी सुवेदी पदमुक्त भएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव प्रसाद पौडेलेले सुबेदीलाई प्रधानाध्यापक पदको करार सम्झौता रद्द गरिएको पत्र मार्फत जानकारी दिएका हुन् । सुबेदीलाई लेखिएको पत्रमा व्यवस्थापन समितिबाट फागुन ३० र चैत ५ गते सोधिएको स्पष्टिकरण पत्रहरुको लिखित जवाफ पेश नगरी लागेका आरोपहरु स्वीकार गरेको उल्लेख छ ।

पत्रमा नमुना मावि विकास तथा सञ्चालन निर्देशिका २०७४ (संसोधन सहित) को ८.१ (घ) अनुसार कार्य सम्पादन सन्तोषजनक नभएकोले प्रधानाध्यापक पदको करार सम्झौता भंग गरी प्रधानाध्यापक पदबाट पदमुक्त गरिएको लेखिएको छ । पदमुक्त गर्ने निर्णय विद्यालय व्यवस्थापन समितिको चैत ८ गते बसेको बैठकबाट सर्वसम्मत निर्णय भएको पनि पत्रमा उल्लेख गरिएको छ ।