रत्ननगर, चैत्र ८ ।
इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी अनिल कुमार खड्का सरुवा भएका छन् । गृह मन्त्रालयले इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी खड्का सहित देशभरका एक सय ४१ डिएसपीको सरुवा गरेको हो । बुधबार प्रहरी महानिरिक्षकको निर्णय अनुसार चैत महिनादेखिको तलब, भत्तासमेत हाल भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो । रत्ननगरका खड्कालाई जिल्ला प्रहरी कार्यालय सिन्धुली सरुवा गरिएको छ । खड्काको ठाउँमा हेम बहादुर केसी आउने भएका छन् । केसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा बाट सरुवा भई रत्ननगर आउन लागेका हुन् ।