कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

March 19, 2024 7:11 pm

६ चैत्र, भरतपुर
उद्योग वाणिज्य संघ चितवनको सभाहलमा आज कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा भएको हो । उद्योगी व्यवसायीहरुलाई कर तथा राजश्व सम्बन्धी सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायीहरुले पनि कर सम्बन्धी नीति नियमहरु अध्ययन गर्न आग्रह गर्दै उहाँले सरकारले लिएका कर सम्बन्धी नयाँ नीति, लगायत व्यवसायीहरूलाई परेका कर सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रमका आन्तरिक राजश्व कार्यालयका कर अधिकृत शिवप्रसाद ढुङ्गानाले कर तथा राजश्वका नीतिहरुको बारेमा जानकारी गराउदैे कर इन्ट्री गर्दा हुने त्रुटीहरुले व्यवसायी समस्यामा परेको बताउनु भएको थियो । कार्यक्रममा सहभागीहरुले व्यवसायीले तिरेको कर काहाँ जान्छ र तिरेको करले व्यवसायीहरुलाई के फाईदा हुन्छ प्रतिफल कहिले आउछ र व्यवसाय सधै सफल हुन्छ भन्ने छईन विग्रेमा हामी कसरी बाच्ने भन्दै तिरेको कर भविश्यमा फिर्ता हुनपर्ने माग राखेका थिए ।

कार्यक्रममा कर अधिकृत शिवप्रसाद ढुङ्गाना र राजनकुमार रेग्मीले व्यवसायीहरुका गुनासाहरु सम्बोधन गर्दै कर फिर्ताको विषयमा माथिल्लो निकायमा कुरा पुर्याउने बताउनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले करदाता र कर कार्यालय विचको सम्बन्ध प्रगाढ भएमा कर उठाउन सहज हुने बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, संघका कार्यसमिति सदस्यज्यूहरु विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरू लगाएत उद्योगी व्यवसायीहरू गरी करिव १०० जनाको सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।