चितवन मेटल इन्जिनियरिङ्गको अधिवेशन, अध्यक्षमा पुनः तारा बहादुर कार्कीको नेतृत्व

March 17, 2024 7:00 pm

भरतपुर । चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको पाँचौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ । चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभामा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्कीले स्वागत मन्तव्य र समितिले हालसम्म गरेका गतिविधिहरुबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष अशोक अधिकारी, ग्रिल व्यवसायी तथा स्टिल महासंघका उपाध्यक्ष एवम् बागमती प्रदेश संयोजक प्रकाश पौडेल, भरतपुर महानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष कमल बहादुर मल्ल, ग्रिल व्यवसायी तथा स्टिल महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष अशोक बर्मा, ग्रिल तथा स्टिल व्यवसायी मकवापुरका अध्यक्ष केशव प्रसाई, पोखरा स्टिल फेब्रिकेशन एशोसिएनका अध्यक्ष वासुदेव पौडेल, रुपन्देही मल्टि इण्डष्ट्रिज प्रा.लि.का मार्केटिङ प्रमुख दिपक चापागाईं लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी उपाध्यक्ष कविता श्रेष्ठ, चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोले, विभिन्न संघ–संस्थाका प्रतिनिधि, मेटल उद्यमीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा समितिको विमा योजनामा सबैभन्दा धेरै विमा गराएका व्यस्त मेटल, त्रिदेव इन्जिनियरिङ्ग वर्कशप, भोलेबाबा कृषि औजार, नेपाल मेटेरियल ह्याण्डलिङ्ग ई.र डि.एस.बि.ग्रिल, लक्ष्मी ई.कार्यशालालाई सम्मान समेत गरिएको थियो । कार्यक्रम अन्तर्गत अध्यक्षले आफ्नो कार्यकालमा समितिका हरेक गतिविधिमा सहयोग पुर्याएको भन्दै समितिका उपाध्यक्ष दुर्गालाल सापकोटालाई अध्यक्ष अवार्ड समेत प्रदान गर्नुभएको थियो ।

कार्यसमितिको अध्यक्षमा पुनः तारा बहादुर कार्की सहित १८ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षहरुमा कृष्णप्रसाद भण्डारी, मोहललाल श्रेष्ठ, राजु पुडासैनी, राजकुमार श्रेष्ठ, रुकेश सापकोटा, विरेन्द्र बहादुर दवाडी, कार्यसमिति सदस्यहरुमा सूर्य प्रसाद तिमिल्सिना, लोकनाथ सुवेदी, रामहरि कँडेल, विवेक देवकोटा, कान्ति अधिकारी, बलराम पुरी, राजन पौडेल, सूर्यराज गिरी, निर्मल बराली र बिष्णु प्रसाद पौडेल रहनुभएको छ ।

नवनिर्वाचित समितिका सदस्यहरुलाई निर्वाचन समितिले सपथ ग्रहण गराएको थियो । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन मेटल इन्जिनियरि· एण्ड फेब्रिकेशन उद्योग समितिका नवनिर्वाचित अध्यक्ष तारा बहादुर कार्कीले प्रतिबद्धता मन्तव्य सहित समापन गर्नुभएको थियो ।