४ चैत्र, भरतपुर ।
उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीले मनाकामना दर्शन गर्न जादा केवुलकारको टिकटमा छुट पाउने भएका छन । उद्योग वाणिज्य संघ–चितवनका सदस्यलाई केवुलकारमा छुट दिने सम्बन्धी मनकामना दर्शन प्रा. लि. र उद्योग वाणिज्य संघ–चितवन विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उद्योग वाणिज्य संघ–चितवनको संस्थागत उत्तरदायित्व अन्र्तगत रहेर संघमा आवद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताउनुभएको थियो । उहाँले अन्य सेवा उपलब्ध गराउने संस्थाहरु संग पनि छुट गराउन पहल गरिरहेको बताउनु भएको थियो ।
यस पूर्वनै सम्झौता पत्रमा हस्तक्षर भई छुट उपलब्ध गराईरहेका व्यवसायिक प्रतिस्ठानहरु एन. पि. आई. नारायणी सामुदायिक हस्पिटल, चितवन मेडिकल कलेज , कलेज अफ मेडिकल साइन्स टिचिङ्ग हस्पिटल, चितवन मुटु हस्पिटल प्रा.लि., निको चिल्डेन हस्पिटल, चितवन मिड टाउन रिसोर्ट प्रा. लि. ग्यालेक्सी गार्डेन रिसोर्ट प्रा. लि., भरतपुर गार्डेन रिसोर्ट प्रा. लि., अशोका रिसोर्ट प्रा.लि., रोज गार्डेन रिसोर्ट, होटल सिराईचुली, रोयल सेन्चुरी होटल र पोखरा स्थित गन्तव्य रिसोर्टले पनि संघका सदस्यहरुलाई छुट सुविधा उपलब्ध गराउदै आएको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभएको थियो ।