रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले चितवनका एसपी भावेष रिमाल र उद्योग वाणिज्य संघ खैरहनीको नबनिर्वाचित टोलीलाई स्वागत, बधाई तथा सम्मान कार्यक्रम गरेको छ । संघले खैरहनीका नबनिर्वाचित अध्यक्ष कुमार खनाल लगायत कार्यसमितिलाई स्वागत कार्यक्रम गरेको हो । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले व्यवसायिक सुरक्षाका लागि जिल्लाको पहिचानको रुपमा रहेको कृषिजन्य उत्पादन लगायतका खाद्यान्नबालीको प्रवद्र्धन र सम्वद्र्धनका लागि भारतबाट अवैध रुपमा आयात हुने बस्तुहरुलाई निरुत्साहित गर्न, दुर्घटना न्यूनीकरण, शान्ति सुरक्षाका लागि पहल गर्न एसपी रिमाललाई आग्रह गरेका छन् ।
त्यसैगरी उद्योग वाणिज्य संघ खैरहनीको नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनले व्यवसायीहरुको आर्थिक विकाससंग संगै व्यवसायिक हकहितका लागि साझा एजेण्डा सहित सहकार्यको प्रस्ताब समेत गरेका छन् । सो कार्यक्रममा संघ निर्वतमान अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, पूर्वअध्यक्षहरु राजाराम रेग्मी, ज्ञान बहादुर विसुराल र गोपाल कर्माचार्य लगायतले खुल्ला सिमानाबाट गैर कानुनी रुपबाट आएका कृषिजन्य उत्पादनहरुलाई नियन्त्रण गर्नुपर्ने, जथाभावी सवारी चेकजांच, व्यवसायिक सुरक्षा लगायतको विषयमा ध्यानाकर्षण गराएका थिए ।