रत्ननगर वडा नं १ साैराहाचाेकमा रहेको साहारा सुपर मार्केटमा आइतबार राती आगलागी भएकाे छ ।आगलागीबाट सुपर मार्केटमा रहेका तीनवटा पसलमा क्षति भएकाे छ । आगलागीबाट ८० लाख बढीकाे क्षती भएकाे प्रहरीकाे प्रारम्भिक अनुमान छ । सुपर मार्केट भित्र रहेकाे सुहाना फेसन कलेक्सन पूर्ण रुपमा जलेर नस्ट भयको छ । उक्त पसलमा विक्रीका लागि राखिएकाे नयाँ कपडा, एसी, फर्निचर तथा अन्य सामाग्री जलेर नष्ट हुँदा ७५ लाख बराबरकाे क्षति भएकाे संचालक मंजु सापकोटा ढकालले बताइन् ।
सुहानाबाट सुरु भएकाे आगाेले नजिकैका अन्य दुईवटा पसलमा समेत क्षति पुगेकाे छ । मार्केटमै रहेकाे कर्मा फेसन कलेक्सन र पिन्क सेक्रेट नामक कपडा पसलमा समेत क्षति भएकाे जनाइएकाे छ । विजुल सर्ट भएर आगाेलागी भएकाे हाे । राती ११ बजेबाट सुरु भएकाे आगलागी राती साढे १२ बजे दमकलकाे सहायताले नियन्त्रणमा लिइएकाे थियाे ।
उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरी, उपाध्यक्ष हरी अधिकारी लगायतको टोलीले स्थलगत अबलाेकन गरि घटनाकाे बारेमा जानकारी लिदै पीडित व्यवसायीहरुलाई सान्त्वन दिएका छन् ।