नेपाल निबृत्त शिक्षक समाज रत्ननगरको अध्यक्षमा बराल चयन

March 9, 2024 5:15 pm

रत्ननगर । नेपाल निबृत्त शिक्षक समाज रत्ननगरको अध्यक्षमा पुनः ऋषिराम बराल चयन भएका छन् । शनिबर सम्पन्न समाजको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा विमल प्रसाद अधिकारी, सचिवमा गोपीप्रसाद अधिकारी, कोषाध्यक्षमा तुलादेवी लामिछाने र सदस्यहरुमा केशब प्रसाद तिमिल्सिना, गोविन्द प्रसाद खोलाकी, सोमकुमार श्रेष्ठ, गोविन्दकृष्ण श्रेष्ठ, बद्रिप्रसाद रिजाल, झलक सिंह बस्नेत, पदमनारायण पौडेल, बेद प्रसाद पौडेल चयन भएका छन् ।

नवनिर्वाचित समितिलाई शनिबार नै प्रमाणपत्र वितरण तथा पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । नेपाल निबृत्त शिक्षक समाज चितवनका जिल्ला अध्यक्ष कमलीकान्त घिमिरेले नवनिर्वाचित समितिलाई सपथग्रहण गराएका थिए । निर्वाचन समितिका संयोजक निलकण्ठ पौडेल र सदस्यहरु पुष्पराज मरहठ्ठा, मोहनप्रसाद भट्टराईले प्रमाणपत्र हस्तान्तण गरेका थिए । रत्ननगर उपमेयर यादव प्रसाद पाठक प्रमुख अतिथि रहेको सो कार्यक्रममा रत्ननगरको शैक्षिक विकासमा योगदान दिएका सेवा निबृत्त शिक्षकहरु एकराज रेग्मी र कृर्तिनाथ पौडेललाई सम्मान गरिएको छ ।

कार्यक्रममा समाजका अध्यक्ष बरालेले संस्थागत प्रतिबेदन सहित निर्वतमान सचिव विमलप्रसाद अधिकारीले प्रगतिप्रतिबेदन र कोषाध्यक्ष खड्कप्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपमेयर पाठकले सेवा निबृत्त शिक्षकलाई समाजसंग जोड्ने र उनीहरुको अनुभवलाई समाजमा लगाउने स्थानीय सरकारको योजना रहेको बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, नेपाल निबृत्त शिक्षक समाज चितवनका अध्यक्ष कमलीकान्त घिमिरे, रत्ननगरका नगर शिक्षा अधिकारी नारायणप्रसाख वाग्ले, नेपाल निबृत्त शिक्षक समाजका केन्द्रीय प्रतिनिधि चन्द्रकान्त न्यौपाने, रेडक्रसका पूर्व जिल्ला सभापति ज्ञानशाली न्यौपाने, आजीवन सदस्य केशवराज तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा निर्वतमान उपाध्यक्ष देवी प्रसाद दुवाडीले स्वागत मन्तव्य राखेका थिइ ।