भरतपुरमा ४३ जनाले गरे रक्तदान

February 23, 2024 8:45 pm

११ फागुन, भरतपुर ।
समृद्धि फाइनान्स लि.ले शुक्रबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा ४३ जनाले रक्तदान गरेको आयोजक संस्थाले जनाएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत “रक्तदान जीवन दान” भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र, भरतपुरको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम गरिएको हो ।

समृद्धि फाइनान्स लि. नारायणगढ शाखाका शाखा प्रमुख श्री राजु आचार्यको सभापतित्वमा संचालन भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा न–०१ की कार्य वाहक वडा अध्यक्ष राममाया पिया रहनुभएको थियो । कार्यक्रममा बैङ्ग तथा वित्तय संस्था, बिमा कम्पनी, सुनचाँदी व्यवसायी तथा विविध टोल बिकास संस्थाका ९० जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।