पिठुवा खानेपानीकाे अध्यक्षमा हरिकुमार श्रेष्ठ विजयी 

February 18, 2024 7:55 pm

रत्ननगर । पिठुवा खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाकाे अध्यक्षमा हरिकुमार श्रेष्ठ निर्वाचित भएका छन् । छैठाैं बार्षिक साधारण सभा तथा तेस्राे अधिवेशन अन्तर्गत आइतबार भएकाे निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी बासुदेव शर्मा लामिछानेलाई फराकिलाे मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन । कुल खसेकाे २१४ मत मध्ये श्रेष्ठले  १२८ र लामिछानेले ७८ मत प्राप्त गरेका हुन । श्रेष्ठ वडा नं १४ का निर्वमान अध्यक्ष हुन भने लामिछाने संस्थाका सचिव हुन ।

संस्थाका उपाध्यक्षमा तुल बहादुर रायमाझी विजयी भएका छन् । रायमाझीले ११९ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी गाेकर्ण बहादुर श्रेष्ठले ८१ मत प्राप्त गरेकता छन् । सचिवमा रुपेश तिवारी विजयी भएका छन् । तिवारले  ११४ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी मदन भूजेलले ९० मत प्राप्त गरेका छन् । काेषाध्यक्षमा विमला पाण्डे बन्जरा विजयी भएकी छन् । बन्जराले ११६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी गीता भण्डारीले ८६  मत प्राप्त गरेकी छन् । सहसचिवमा विमला न्याैपाने विजयी भएकी छन् । न्याैपानेले ११० मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्धन्द्धी निर्मला बस्ताकाेटीले ८९ मत प्राप्त गरेकी छन् ।

लेखा समिति संयाेजकमा गाैमतबाबु अर्याल निर्वाचित भएका छन् । उनले १०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी प्रल्हाद अर्यालले ९३ मत प्राप्त गरेका छन् । लेखा समिति सदस्यमा बाबुराम पन्त १११ मत  र विष्णुप्रसाद लम्साल १०० मत प्राप्त गरि विजयी भएका छन् । वडा नं १४ काे वडासंयाेजकमा निधनाथ अर्याल ४४ मत, वडा नं १५ काे वडासंयाेजकमा बाबुराम ढकाल ४६ मत र वडा नं १६ काे वडा संयाेजकमा डिल्लीप्रसाद गाैतम २९ मत प्राप्त गरि विजयी भएका छन् । निर्वाचनमा नेपाली काँग्रेस, रास्वपा, राप्रपा र समाजबादी निकट उपभाेक्ताकाे एउटा समूह र नेकपा एमाले र माओवादी केन्द्र निकट उपभाेक्ताहरुकाे अर्काे समूह निर्वाचनमा हाेमिएका थिए ।

चार दलीय गठबन्धनकाे तर्फबाट  समाजबादीका नेता श्रेष्ट र दुई दलीय गठबन्धनकाे तर्फबाट माओबादीका लामिछानेकाे नेतृत्वमा समुह तयार गरिएकाे थियाे । रत्ननगर वडा नं १४, १५ र १६ का बासिन्दालाई खानेपानी वितरण गर्दै आएकाे साे संस्थाकाे ३ हजार ३४५ जना उपभाेक्ता रहेका छन् ।