कालिकाका सीमान्तकृत चेपाङ विद्यार्थीलाई विद्यालयमै संगित शिक्षा

February 18, 2024 6:54 pm

कालिका, फागुन ६ । पूर्वी चितवनकाे कालिका नगरपालिकामा सीमान्तकृत चेपाङ बालबालिकाकाे लागि विद्यालयमै संगित शिक्षा सुरु गरिएकाे छ । सपना भिलेज साेसल इम्प्याक्ट साैराहाले कालिका नगरपालिकासंग सहकार्य गरि चेपाङ बालबालिकाका लागि संगित शिक्षा सुरु गरेकाे हाे । कालिका नगरपालिका वडा नं १० सिद्धिमा रहेकाे राष्ट्रिय आधारभूत विद्यालय मझवाङका कक्षा ६ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई संगित शिक्षा सञ्चालन गरिएकाे छ ।

विद्यालयकाे करिकुलममै समावेश गरिएकाे संगित शिक्षा सञ्चालनकाे लागि सपना भिलेजले ८० प्रतिशत र नगरपालिकाले २० प्रतिशत लगानी गरेकाे इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । गीत, संगित मार्फत आयआर्जनकाे बाटाे तय गर्ने गरि दीर्घकालिन याेजनाका साथ विद्यालय स्तरबाटै संगित शिक्षा सुरु गरिएकाे अध्यक्ष गिरीले बताए । उनले गीत संगितलाई राेजगारमुलक शिक्षाकाे रुपमा विकास गरी चेपाङ युवालाई आत्मनिर्भर बनाउने याेजना रहेकाे सुनाए । चेपाङ बालबालिकालाई सिर्जनात्मक कामप्रति प्रेरित गर्ने र गीत, संगितकाे माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएकाे अध्यक्ष गिरीले बताए ।

कालिका नगरपालिकाका मेयर विनाेद रेग्मीले उद्घाटन गरेपछि साे विद्यालयमा संगित शिक्षा सुरु भएकाे हाे । साे अबसरमा उनले पछिल्लाे समय गीत संगित पनि आर्थिक उपार्जन र स्वराेजगार सिर्जना गर्ने माध्यमकाे रुपमा विकास भएपछि चेपाङ बालवालिकालाई विद्यालयकाे करिकुलममैसमावेस गरि संगित शिक्षा सुरु गरिएकाे बताए । मझवाङमा सुरु भएकाे संगित कक्षाकाे प्रभाबकारिता हेरेर नगरका अन्य विद्यालयमा समेत सुरु गर्ने उनले बताए । चेपाङ बालबालिकालाई मनिष गिरीले संगिता सिकाएका छन् ।

उद्घाटन कार्यक्रममा उपमेयर विमला लामा सहित नगर शिक्षा अधिकारी, वडाध्यक्षहरु, प्रधानाध्यापक सहित शिक्षक लगायतकाे सहभागिता रहेकाे थियाे ।