बाघमारा वनमा विषादी न्यूनीकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण

February 18, 2024 6:47 pm

रत्ननगर । रत्ननगर वडा नं ७ स्थित बाघमारा सामुदायिक वन उपभाेक्ता समुहका उपभाेक्ताहरुलाई विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण दिइएकाे छ । वनका उपभाेक्ता किसानलाई प्राङ्गारिक मलकाे प्रयाेगमा प्रेरित गर्दै विषादी न्यूनीकरणकाे लागि कार्यक्रम आयाेजना गरिएकाे वनका अध्यक्ष जीतु तामाङले जानकारी दिए । सफा उर्जा उत्पादन प्रा.लि.संगकाे सहकार्य समुदायिक वनले प्राङ्गारिक मलकाे प्रयाेग,महत्व, र विषादी न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएकाे हाे ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका कृषि अधिकृत प्रविण लामाले विषादी न्यूनीकरण र यसकाे महत्व, सफा उर्जामा प्रतिनिधि वसन्त रानाले प्राङ्गारिक मलकाे प्रयाेस र यसकाे महत्व तथा सफा उर्जाका निर्देशक निर्णय पाैडेलले फाेहाेर व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा १५० बढी उपभाेक्ताहरु सहभागी थिए । साेही कार्यक्रममा सामुदायिक वनले १३१ जना उपभाेक्तालाई वालिनाली क्षेती राहत वितरण गरिएकाे छ । जंगली जनाबरले नष्ट गरेकाे ताेरीकाे जनही एक हजार ५०० का दरले राहत रकम वितरण गरिएकाे वनका अध्यक्ष तामाङले जानकारी दिए । कार्यक्रममा बालिनाली क्षेती राहत वितरण उपसमितिका संयाेजक वीरबहादुर तामाङ, वनका उपाध्यक्ष सीताराम महताे लगायतकाे उपस्थिति रहेकाे थियाे ।