नेपाल माविको बेथिति अन्त्यको माग गर्दै ज्ञापनपत्र

February 15, 2024 7:14 pm

रत्ननगर । नेपाल विद्यार्थी संघ रत्ननगर नगर समितिले नेपाल माविमा विद्यमान बेथिति अन्त्यको लागि व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाएको छ ।

विद्यालयमा प्रधानाध्यापक व्यवस्थापनको विषयलाई लिएर विद्यालयको पठनपाठनमा समेत असर परेको भन्दै संघले तत्काल समस्या सामधान गर्न माग गर्दैै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजिब पौडेललाई ज्ञापनपत्र बुझाएको हो । नेपाल विद्यार्थी संघ रत्ननगर नगर समितिका सभापति नविन थापा, केन्द्रीय सदस्य कल्याण अर्याल र नेविसंघ शहीद स्मृति बहुमुखी क्याम्पस इकाइ सभापति विबेक उदासले सयुक्त रुपमा विद्यालयका अध्यक्ष पौडेललाई ज्ञापनपत्र बुझाएका हुन ।

विद्यालयको पठनपाठनमा अबरोध भएको, प्रधानाध्यापक व्यवस्थापन गर्न नसकेको, सामाग्री खरिदमा अनियमिता भएको, शिक्षक नियुक्ति प्रक्रियासंगत नभएको लगायतका विषयहरु नेपाल विद्यार्थी संघले विज्ञप्तीमा उल्लेख गरेको छ । ज्ञापनपत्र बुझिसकेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले विद्यालयमा विद्यामान गतिरोध अन्त्य गरी पठनपाठनलाई सहज बनाउन आफु क्रियाशिल रहेको बताए । सोही अबसरमा प्रधानाध्यापक बुद्धिराज सुवेदीले विद्यालयमा चरम राजनीति हावी भएका कारण विद्यालय सञ्चालनमा समस्या आइपरेको बताए ।