
काठमाडौँ : एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत दोस्रो खेलमा पनि नेपालले क्यानडामाथि जित हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको हो। क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्याे। नेपालको जितका लागि कप्तान रोहित पौडेलले ८७, देव खनालले ७६, अनिलकुमार साहले आक्रामक पारी खेल्दै मात्र २० बलमा ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे। बलिङ तर्फ पनि उत्कृष्ठ प्रदर्शन गर्दै २ विकेट हात पारेका कप्तान रोहित म्यान अफ द म्याच घोषित भए ।