हराएको मोबाइल इप्रका टाँडीद्वारा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

February 4, 2024 4:37 pm

रत्ननगर, माघ २१ ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले फेला पारेको मोबाइल सम्बन्धित ब्यक्तीलाई हस्तान्तरण गरेको छ । प्रहरीले आइतबार ११ थान मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । चोरी तथा हराएको मोबाइल धनिले प्रहरी कार्यालयमा दिएको निवेदनको आधारमा फेला परेको मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको इप्रका टाँडीका प्रमुख डिएसपी अनिल कुमार खड्‌काले बताए । इप्रका टाँडीले अहिले सम्म ७६ थान मोबाइल हस्तान्तरण गरिसकेका खड्काले जानकारी दिए । प्रहरीले गोपाल चौधरी,रोहन तामाङ,कालिका प्रसाद लामिछाने,सन्तोष थपलिया,ईश्वरी प्रसाद सुवेदी,जिवन सारु मगर,सुमन पाठक,सरला कुमारी रेग्मी,मिलन कुमार भट्ट, संगिता दहीत,रोहीत थिङ र सोनु थापामगरलाई मोबाइल हस्तान्तरण गरेको हो ।