विश्व सिमसार दिवसमा बिसहजारी तालको सरसफाई

February 2, 2024 7:53 pm

चितवन : मुलकुको पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जमा विश्व सिमसार दिवसको अवरमा सरफाई कार्यक्रमसहित विधिध अन्र्तत्रियासहित मनाइएको छ । ‘सिमसारः मानव हितको आधार’ नाराका साथ निकुञजको आयोजना र सरोकारवालहरुको सहआयोजनामा रामसार क्षेत्रमा सूचीकृत बिसहजारी तालको सरसफाई कार्यक्रमसहित अन्र्तक्रिया कार्यक्रमसहित मनाईएको हो ।

सो अवसरमा तालमा जलकुम्बी फाल्ने, वरपर सफाईदेखि फोहर समेत व्यवस्थापन गरिएको निकुञ्जका सरक्षण अधिकृत एवम् बिसहजारी ताल संरक्षण समितिका अध्यक्ष गणेशप्रसाद तिवारीले जानकारी दिए । र्जाविक विविधता संरक्षणमा निकै महत्व रहेको यस ताल सबैको आर्कषणको केन्द्र भएको र यहाँ विदेशीदेखि समेत मैसमी चराहरु आउने भएकोले यसको संरक्षणसगैँ सरसफाई आवश्यक रहेको तिवारीले बताए । जलकुम्भीलगायतका झारले यस तालको सुन्दरता घटाएको छ । मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरे ताल वरपर सरसफाइ गरी संरक्षणकर्मीमा तालको महत्वबारे बुझाइएको बताए । उनले भने, ‘यस्तो कार्यक्रमले संरक्षणकर्मीहरुले तालको महत्वबारे बुझ्ने अवसर पाए भने अर्कोतर्फ ताल वरपर सरसफाइ पनि भयो ।’

चितवन सदरमुकाम भरतपुरबाट ६ किलोमिटर दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्दछ । यस तालको कूल क्षेत्रफल पाँच हजार ७८१ हेक्टर छ। बिस हजारी ताल विश्व रामसार सूचीमा सूचीकृत भएको प्रख्यात पर्यटकीय गन्तव्य हो । यहाँ तालमा रहेका गोही, वरिपरिको सामुदायिक वन, गैँंडा, बाघलगायत विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीले पर्यटकको मन तान्ने गर्दछ ।

तालसम्म पुग्ने जङ्गलको बाटोमा दायाँबायाँ मृग, बँदेल, गैँडा, जरायो पाइन्छन् । जङ्गली जनावरका साथै विभिन्न प्रजातिका चराचुरुङ्गी ताल वरपर देख्न सकिन्छ । विभिन्न राष्ट्रबाट बसाइसराई गरी आउने मौसमी चराहरुको आश्रयस्थल यस तालमा गोही, माछा, अजिङ्गरसमेत पाइन्छ । त्यसैगरी गैँडा, हरिण, रतुवा, बाँदर, पाटेबाघ समेत देख्न सकिन्छ ।

ताल वरपर २६ प्रजातिका वन्जयन्तु, २७३ प्रजातिका चरा, २५ प्रजातिका माछा र १३१ प्रजातिका बोटबिरुवा रहेको तथ्याङ्क छ । वि.सं २०२२ मा पूर्वी चितवनबाट ल्याइएको नहरका कारण निर्माण भएको यस ताल बिरुवामा पानी राख्ने हजारीबाट विकसित भई बीस हजारी ताल भनी नामकरण गरिएको हो ।

त्यस्तै खगेरी नहरको मुहानबाट बिसहजारी तालसम्मको दूरी २० हजार फिट रहेको हुँदा पनि यसलाई बीस हजारी ताल भनिएको भन्ने भनाइ छ । तालमा भएको जलकुम्भी तथा काँडेझार हटाई संरक्षण गर्न सके नाइट सफारी केन्द्रका रुपमा यसलाई विकास गर्न सकिने बताइएको छ ।