औलोलाई थेगेर पनि आफ्नाे सँस्कृति बचाउने थारू समुदायलाई स्यालुट छ : मन्त्री लामा

January 13, 2024 11:03 pm

चितवन, २८ पाैष । अाैंलाेलाई समेत थेगेर बसी आफ्ना भेषभुषा, गरगहना, नाचगीत संरक्षण गरेका थारू समुदायलाई सम्मान गर्न चाहेकाे बागमती प्रदेशका आर्थिक तथा याेजना मन्त्री बहादुर सिं लामाले बताउनु भएकाे छ । “राष्ट्रिय एकता र विविधता हाम्राे शान, बहुजाति भाषा सँस्कृति नेपालकाे पहिचान” भन्ने मूल नारासहित आजदेखि शुरू भएकाे नवाैं खिचरा महाेत्सवकाे समुदघाटन गर्दै प्रमुख अतिथिका रूपमा आमन्त्रित मन्त्री लामाले भन्नुभयाे – “मैले थारू समुदायकाे माैलिक तथा साँस्कृतिक लाठी नाच, झुमरा नाच रसधारी नाच हेरें । आैलाेलाई समेत थेगेर बसी आफ्ना भेषभुषा, गरगहना, नाचगीत संरक्षण गरेका थारू समुदायलाई सम्मान गर्दै स्यालुट गर्न चाहन्छु ।” मन्त्री लामाले चितवन भूमिमा थारू बाहेक अरू समुदाय आैलाे उन्मुलनपछि मात्र बसाईसराई गरी आएकाे बताउनु भयाे ।

महाेत्सवकाे पहिलाे दिन झाँकीसहितकाे शाेभायात्रा मुख्य आकर्णकाे केन्द्रविन्दु रहेकाे थियाे । जिल्लाभरिका सयाैं झाँकी समूह, महिला समूह, विभिन्न संस्था लगायतकाे हजाराैं सहभगिता रहेकाे थियाे । खिचरा महाेत्सव थारू समुदायले आयाेजना गरेकाे भएतापनि शाेभात्रा अवलाेकन गर्दा थारू समुदाय मात्र नभई नेवार, मगर, तामाङ, दराई, दलित, ब्राह्मण, क्षेत्री सबै जातजातिले हाेस्टेमा हैंसे थपी साथ दिएका देखिन्थ्याे । शाेभायात्रामाअधिकांश थारू महिलाहरूकाे सहभागिता रहेकाे थियाे । प्रायः सबै थारू महिलाहरूले सेताे रङकाे मर्दानी र कालाे रङकाे चाेली तथा विभिन्न गरगहना लगाएका थिए ।गरगहनाहरू मध्ये कपालमा चाेंटी र सटिया, निधारमा मन्टिका र टिकुली, नाकमा नथिया र फाेंफी कानमा कन्फुल, घाँटीमा हँसुली, गलामा चनरहारी, पाखुरामा टडिया, हातमा माठा, हातकाे आैंलामा यङुठी, कम्मरमा डड्कासा र झ्वाबा, खुट्टामा गुड्हुला र पैरी, खुट्टाकाे आैंलामा बुच्कुनी आदि गरगहनाले सुसज्जित थिए ।पहिला यी सबै गरगहना चाँदीका हुन्थे । अहिले सुरक्षाका कारणले प्राय: चाँदीकाे जलप लगाएका हुन्छन् । तर काेहिकाेहिले सक्कली चाँदीकै लगाउँछन् ।

खैरहनी नगरपालिका क्षेत्रभित्र लाग्ने विभिन्न मेला महाेत्सव व्यवस्थापनका लागि खैरहनी नगरपालिकाले महाेत्सव कार्यविधि लागू गर्ने खैरहनी नगरपालिकाका नगरप्रमुख शशी कुमार खनियाले बताउनु भयाे । वहाँ भन्नुभयाे “महाेत्सव सम्बन्धि कार्यविधि तयार भैसकेकाे छ र याे कार्यविधि अर्काे वर्षदेखि लागू हुनेछ ।” थारू समुदायकाे हरेक गाउँमा रहेकाे सबै ब्रम्हस्थानीले उचित बजेट पाउने समेत बताउनु भयाे ।

थारू कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं. ७ ले आयाेजना गरेकाे याे महाेत्सवकाे उदघाटन समाराेहमा प्रदेश सांसद जगन्नाथ थपलिया, जिसस प्रमुख नारायण प्रसाद अधिकारी, खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेती, वडा नं. ७ का वडाध्यक्ष मनेजर महताे, वडा नं. ५ का वडाध्यक्ष छत्रनाथ सुवेदी, खैरहनी उद्याेग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठ ‘हिरा’, थाकस चितवनका सभापति ललित कुमार चाैधरी, थाकस केन्द्रीय उपाध्यक्ष विष्णु कुमारी चाैधरी, केन्द्रीय सदस्य राजेन्द्र चाैधरी, केन्द्रीय पार्सद चन्द्राकुमारी चाैधरी, थाकस चितवनका पूर्व सभापति टिकेन्द्र चाैधरी, नेपाली काँग्रेस खैरहनीका अध्यक्ष गुणराज श्रेष्ठ, नेकपा एमाले खैरहनीका अध्यक्ष पूर्ण बहादुर डल्लाकाेटी, नेकपा माओवादी खैरहनीका अध्यक्ष रामेश्वर पाेखरेल, राप्रपा खैरहनीका अध्यक्ष देवराज कंडेल, रास्वपा खैरहनीका सचिव उत्तम अधिकारी, नेकपा समाजवादी खैरहनीका अध्यक्ष दुर्गा अर्याल, सप्तगण्डकी क्याम्पसका निवर्तमान क्याम्पसप्रमुख मणिराज महताे, चेम्बर अफ कमर्श खैरहनीका सचिव केशव लम्साल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएका थिए । कृष्णलाल चाैधरीले स्वागत मन्तव्य व्यक्त गर्नु भएकाे थियाे भने गायक मिलन लामाले सुमधुर स्वरमा गीत गाउँदै शुभकामना व्यक्त दिनुभयाे ।

उदघाटन समाराेह थारूकल्णाकारिणी सभा चितवन क्षेत्र नं. ७ का सभापति तथा नवाैं खिचरा महाेत्सव मूल आयाेजक समितिका संयाेजक रामेश्वर चाैधरीकाे सभापतित्वमा भएकाे थियाे । महाेत्सव खैरहनी नगरपालिका वडा नं. ५, जबकाैली गाैचरनमा पुस २८ देखि माघ १० गतेसम्म सञ्चालन हुनेछ ।