रत्ननगर, पौष २५ ।
रेष्टुरेन्ट एण्ड बार एशाेसियस नेपाल (रेवान) साैराहाले रत्ननगरका क्रियाशिल युवा पत्रकार विपिन शर्मा आचार्यलाई सम्मान गरेको छ । रेवानको १७ औं वार्षिक साधारण सभा तथा नवाैं अधिवेशनमा पत्रकारिता मार्फत साैराहाकाे पर्यटन विकासमा याेगदान गरेवापत आचार्यलाई रेवानले सम्मान गरेको हो । आचार्यलाई कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सांसद कृष्ण खनाल र रेवानका अध्यक्ष नरेश गिरीले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् । सम्मानित आचार्य लामो समयदेखी रत्ननगरमा रहेर क्रिशाशिल रुपमा पत्रकारिता गर्दै आइरहेका छन् । आचार्य रत्ननगरबाट संचालित लोकप्रिय मिडिया विप्स मिडियाका संचालक समेत हुन् ।