रत्ननगरको चित्रसारीमा नगरस्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु

January 5, 2024 10:29 am

रत्ननगर, पौष २० । 

रत्ननगर वडा नम्बर ८ को चित्रसारीमा नगरस्तरिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । चित्रसेन क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको शुक्रबार वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण चौधरीले उद्‌घाटन गरेका हुन् । प्रतियोगितामा नगरका २० टिमको सहभागिता रहेको क्लबका अध्यक्ष हरिशरण भट्टराईले जानकारी दिए ।

दुई दिन सम्म चल्ने प्रतियोगिताको उद्घाटन कार्यक्रममा शुभकामना ब्यक्त गर्दै वडाध्यक्ष कृष्ण चौधरीले वडाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै खेल क्षेत्रबाटै भविष्य बनाउन चाहने वडाका खेलाडीलाई वडाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा वडा सदस्य केदार श्रेष्ठ,सिता अधिकारी, राप्रकाका क्षेत्रिय अध्यक्ष बलराम खनाल,चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष बुद्धि चौधरी, चित्रसारी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुर्य प्रसाद लामिछाने,क्लवका उपाध्यक्ष मिन बहादुर लामा, चित्रसेन बाबा मन्दिरका अध्यक्ष जलराम महतो,शंकर गिरी,क्लबकी सदस्य प्रभा थापा घिमिरे लगायतको उपस्थिती रहेको थियो । क्लबकी सचिव पार्वती मरहठ्ठाले स्वागत मन्तब्य राखेको कार्यक्रम सितल मरहठ्ठाले संचालन गरेका थिए ।