सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

January 4, 2024 11:03 am

काठमाडौं। सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १०ः १७ बजे ४.६ म्याग्नेच्युटको भूकम्प गएको हो। सिन्धुपाल्चोक आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।