सिद्धेश्वर पशुपालक कृषक समूहको तेश्रो अधिवेशन, अध्यक्षमा पौडेल चयन

December 31, 2023 9:51 pm

रत्ननगर । रत्ननगर ९ मा रहेको सिद्धेश्वर पशुपालक कृषक समूहको तेश्रो अधिवेशन तथा छैठौ साधारण सभाले बालकृष्ण पौडेलको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा मुना रेग्मी, सचिवमा शिव अधिकारी, कोषाध्यक्षमा विकर्ण चौधरीलाई चयन गरेको छ ।

सिद्धेश्वर पशुपालक कृषक समूहले हाल किसानहरुको पक्षमा उत्कृष्ठ कार्य गर्दै आईरहेकोमा भोलिको दिनमा समूहलाई सहकारीमा परिणत गरी किसानको पक्षमा निरन्तर कार्य गरिने नवनिर्वाचित अध्यक्ष बालकृष्ण पौडेलले बताएका छन् ।