रत्ननगर, पुष १५ ।
रत्ननगर वडा नम्बर १२ मा रहेको आकृति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको आइतबार रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठकले एक औपचारिक कार्यक्रमका विच उद्घाटन गरेका हुन् ।
साधारण सभामा ऋण उपसमिति संयोजक सुमिता दराईले आर्थिक प्रतिवेदन,संचालक समितिको सदस्य विष्णु श्रेष्ठले कार्य प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । रत्ननगर नगरपालिका भित्रका विपन्न भूमिहिन, सुकुम्बासी र अव्यवस्थित महिलाहरुको सक्रियतामा संचालित सहकारीको नाफा ६ लाख ७० हजार ९४१ रहेको अध्यक्ष फुल कुमारी लामाले जानकारी दिइन् । संस्थाको जगेडा कोष आठ लाख १७ हजार ९००, शेयर पुँजी ६९ लाख ९४ हजार ९०० रहेको छ । साधारण सभाको अवसरमा असल, ऋणी, बचतकर्तालाई सम्मान समेत गरिएको थियो ।
सो अवसरमा रत्ननगरका उपमेयर यादव प्रसाद पाठकले सहकारीलाई सिप सिकाउने काममा जोड दिन आग्रह गर्दै सिपलाई आयआर्जन संग जोड्न नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । वडा नम्बर १२ का वडाध्यक्षले वडा भित्रका सुकुम्बासीलाई लालपूर्जा वितरणको तयारी अन्तीम चरणमा पुगेको बताउँदै विपन्न समुदायको आयआर्जनको लागि पनि वडा लागिपरेको बताए ।
कार्यक्रममा वडा नम्बर १३ कि वडा सदस्य सारदा न्यौपाने,चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष गोविन्द भट्टराई, लुमन्ती परियोजनाका सिंह वहादुर लामा ,नेपाल वसोवास बस्ती समाजका विर बहादुर तामाङ लगायतको उपस्थिती रहेको थियो । कार्यसमिति सदस्य लक्ष्मी श्रेष्ठले संस्थाको तर्फबाट आफ्नो अनुभव प्रस्तुत गरेको कार्यक्रममा संस्थाकी प्रतिमा कुमारी महतो लामाले कार्यक्रम संचालन गरेको थिइन ।