रत्ननगर । पूर्वी चितवनकाे कालिका नगरपालिका वडा नं १० स्थित सिद्धि छात्राबासमा आश्रित चेपाङ बालबालिकाका लागि शैक्षिक तथा खाद्यान्न सामाग्री सहयाेग गरिएकाे छ । साउथ एशिया पार्टनरशिप नेपाल(साप नेपाल) ले शिक्षाका लागि आवश्यक पर्ने स्टेशनरी तथा चामल सहित अन्य सामग्री प्रदान गरिएकाे हाे । साप नेपालका प्रादेशिक निर्देशक जनक कार्की, आर्थिक तथा प्रशासन अधिकृत रुक्मनी कार्की, सञ्चार अधिकृत अर्चना चाैधरीले साे समग्री हस्तान्तरण गरेका थिए । साप नेपालले सिद्धिछात्रावासमा बर्सेनि सहयाेग गर्दै आएकाे छ । साप नेपालका प्रादेशिक संयाेजक कार्कीले चेपाङ बालबालिकाे आवश्यकता अनुसार शैशिक तथा खाद्यान्न सहयाेग गर्दै आएकाे बताए । लामाे समय सम्म चेपाङ महिलाहरुकाे नेतृत्व तथा क्षमता विकासकाे काम गरेकाे साप नेपाल र डेक नेपालले परियाेजना मार्फत सीमान्तकृत समुदायकाे उत्थानकाे लागि काम गर्दै आएकाे छ । कार्कीले चेपाङ बालबालिकाकाे प्राथमिक तथा उच्च शिक्षाकाे लागि स्थानीय सरकारले आवश्यक सहयाेग गर्नु पर्नेमा जाेड दिए । सिद्धि छात्रावासमा सञ्चालक भरत चेपाङले भाैगाेलिक विकटताका कारण शिक्षाबाट बन्चित चेपाङ बालबालिकालाई आवासीय सुविधा सहित शिक्षा प्रदान गर्दै आएकाे बताए । साप नेपालले बार्षिक रुपमा गर्ने सहयाेगले बालबालिकाकाे शिक्षामा अतुलनीय याेगदान गरेकाे उनकाे भनाई छ । साे छात्रवासमा ५४ जना बालबालिका आश्रित छन् ।