रत्ननगर, पौष १४ – घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रत्ननगर नगर समितिको अध्यक्षमा हरिभक्त घिमिरे चयन भएका छन् । रत्ननगरमा शनिबार सम्पन्न प्रतिष्ठानको दोश्रो अधिवेशनले घिमिरेको अध्यक्षतामा एघार सदस्यीय नगर समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बद्रीनाथ घिमिरे, सचिव श्रीकृष्ण घिमिरे, कोषाध्यक्षमा मिस्टरबाबु घिमिरे, सहसचिवमा विरन्जना घिमिरे चयन भएका हुन् । समितिको सदस्यहरुमा सन्तोषचन्द्र घिमिरे, पार्वती घिमिरे,जिवन घिमिरे, रामचन्द्र घिमिरे, कृष्णप्रसाद घिमिरे र देवीप्रसाद घिमिरे रहेका छन् ।
रत्ननगर भित्र बसोबास गर्ने झन्डै ३०० घिमिरे बन्धुहरुको उपस्थिति रहेको कार्यक्रममा घिमिरे बन्धु अध्ययन तथा कल्याण प्रतिष्ठान चितवनका अध्यक्ष बलभद्र घिमिरे,घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान नेपालकाे केन्द्रीय सचिव अजय घिमिरे लगायतको उपस्थिती रहेको थियो । प्रतिष्ठानका निवर्तमान अध्यक्ष कमलीकान्त घिमिरेकाे अध्यक्षतामा भएकाे कार्यक्रम रुपनराज घिमिरेले सञ्चालन गरेका थिए ।