रत्ननगर वडा नम्बर १२ को वृहत योजना निर्माणको लागि छलफल 

December 28, 2023 4:46 pm

रत्ननगर, पौष १२ ।

रत्ननगर वडा नम्बर १२ को वृहत योजना निर्माणको लागि छलफल तथा अन्तक्रिया कार्यक्रम गरिएको छ । विहीबार वडा कार्यालयको सभाहलमा वडाका जनप्रतिनिधि, राजनितीक दलका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधी लगायतको उपस्थितीमा छलफल तथा अन्तक्रिया कार्यक्रम गरिएको वडाध्यक्ष सुन्दरमणी सुवेदीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष सुवेदीले केही दिन अघी रत्ननगरमै वडा नम्बर १२ ले वार्ड प्रोफाइल निर्माण शुभारम्भ गरेको जानकारी दिंदै वडाको योजना निर्माणको लागि सबै साथ सहयोग आवश्यक रहेको भन्दै सम्पूर्णलाई वडाको वृहत योजना निर्माणको लागि सहयोग गर्न आग्रह गरे ।

प्रोजेक्ट सिभिल इन्जीनियर नगेन्द्र प्रसाद अधिकारीले योजनाको विषयमा जानकारी प्रस्तुत गरेको कार्यक्रममा वडा सदस्य चन्द्रकला पनेरु, सुकमाया विक, किसन बजगाई, राम प्रसाद पाण्डे, नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरी पन्त, चितवन दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगाले, नेपाली कांग्रेस वडा सभापति कृष्ण रेग्मी, एमाले वडा प्रतिनिधी सिर्जना दाहाल, नेकपा माओवादी प्रतिनिधी दिप बहादुर भण्डारी, रास्वपा प्रतिनिधी होमनाथ गौडेल, राप्रकाका राम प्रसाद भट्टराई, एकिकृत समाजवादीका पानस तमाङ्ग, चेतनाशिल आमा समुहकी निवर्तमान अध्यक्ष अनिता अर्याल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम वडा सचिव शंकर गिरीले संचालन गरेका थिए ।