चितवनको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको बिदाई गरिएको छ । बन मन्त्रालयमा सरुवा भएका सुवेदीलाई शुक्रबार नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र विभिन्न संघ संस्थाले बिदाई गरेका हुन् । १७ महिना अघिदेखि रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत सुवेदीको बन मन्त्रालयमा सरुवा भएको हो । सुवेदीलाई नगर प्रमुख प्रलाद सापकोटा, उपप्रमुख यादव प्रसाद पाठकले फुलमाला सहीत मायाको चिनो प्रदान गर्दै बिदाई गरेका हुन् । सुवेदीको सरुवा भएसँगै रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुकदेव लम्साल आउने भएका छन् । ठुलीभेरी नगरपालिका डोल्पामा कार्यरत लम्सालको रत्ननगरमा सरुवा भएको हो।